
सप्तरीेमा सेभ द चिल्ड्रेन द्वारा किसानलाई तरकारी खेति गर्नका लागि हाते ट्रयाक्टर बितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका ६ वटा कृषक समूहलाई सेभ द चिल्ड्रेन ले ट्रयाक्टर वितरण गरिएको हो ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवले बिष्णुपुर गाउँपालिका वडा नं.६ का बाबा दिनारा कृषक समूह,सरस्वती कृषक समूह,तिलाठी कोइलाडी गाउँपालिका वडा न..५ वडाको बजरङगबली कृषक समूह, रामजानकी कृषक समूह र छिन्नमस्ता गाउँपालिका ५ डिहवार बाबा कृषक समूहलाई एक÷एक वटा हाते ट्रयाक्टर बितरण गरिएको जनाइएको छ । सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुका अनुसार ३ लाख मुल्य बराबरको हाते ट्रयाक्टर बितरण गरिएको जानकारी देएका छन् ।