
६ बर्षिया बालिका बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर एक युवा फैसला कार्यान्वयनकोलागि कारागार चलान भएका छ्न ।सुनसरीको धरानबाट साउन ४ गते पक्राउ परेका दिक्त्तेल रुपाकोट मझुवागढि नगरपालिका ११ खार्मीका ३२ बर्षिय नबीन राईलाई आइतबार खोटाङ कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
सर्बोच्च अदालतले २०८० भदौ २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै राईलाई ९ बर्ष ४ महिना कैद गर्ने फैसला गरेको थियोे । आइतबार उनलाई जिल्ला अदालत खोटाङमा पेश गरी फैसला कार्यान्वयनकोलागि कारागार चलान गरिएको हो । राईले खोटाङमा बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।