०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

बालसन्त मोहन शरण देवाचार्य द्वारा सिद्धेश्वर मन्दिरको दर्शन

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन ०७, २०८१

नेपालका प्रथम जगत गुरु अनन्त श्री बिभुषित बालसन्त मोहनशरण देवार्चाय गाईघाटको सिद्धेश्वर माहादेब मन्दिरको दर्शन गर्न आउनु  भएको छ । सो क्रममा जगत गुरु देवार्चायले मन्दिरमा भक्तजनहरुलाई साउन महिनालाई किन पवित्र महिनाका रूपमा  लिने जस्ता पौराणिक ग्रन्थहरू सुनाउदै  रुद्रक्ष् को वृक्षरोपण गर्नु भएको थियो ।

 

पहिलो पटक सिद्धेश्वर माहादेब मन्दिरमा जगत गुरु आउनुहुने भएपछि स्वागतको भव्यतयारी गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शम्भु कार्की ले बताउनु भयो ।उक्त मन्दिर  गाईघाटबाट करिब ४  किलो मिटर पूर्बि तर्फ बिपी राजमार्ग हुँदै जान सकिन्छ । बिपी राजमार्गअन्तर्गतको बाटो दनुवारी चौक सम्म पक्की सडक छ भने त्यसभन्दा माथि असारी खोरिया टोल सम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै मन्दिरको दर्शन गर्न सकिन्छ ।  विशेषगरी सिद्धेश्वर माहादेब मन्दिरमा साउन महिना र शिब रात्रि ,रामनबमीको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]