
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा एमालेले त्रियुगा नगरपालिका ७ नं वडा को पुष्पबाटिका परिसरमा बृक्षारोपन गरेको छ।वृक्षरोपण एमाले त्रियुगा नगर कमिटी र युवा संघको आयोजनामा गरिएको हो ।
बृक्षारोपनमा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार उप-मेयर महेश्वरी राई सहित कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता, प्रदेशसभा सदस्यहरू, नगर तथा वडाका जनप्रतिनिधि, व्यवसायी र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।
बृक्षारोपन सँगै उपसभामुख दनुवारले पुष्पलालको बाटोमा हिँड्नसके कम्युनिष्टहरु सच्चा कम्युनिस्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने भन्दै देश र जनता रक्षा गर्नुमा पुष्पलालको ठुलो भुमिका रहेकोबताइन ।