
तिन दिन देखि भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण गाईघाटको ठुला तथा सहायक खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । त्रियुगा र बरुवा नदि लगायत अधिकांस खोला खहरेमा आएको बाढिले दजनौ बस्ती, र हजारौ हेक्टर खेतीयोग्य जमिन कटानको खतरामा रहेकेा छ ।
निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिए संगै त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले नदी आसपासका बस्तीहरुमा घन-जन को क्षेति हुन न दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए।