०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

उदयपुर जिल्लाका त्रियुगा र बरुवा खोलामा पानीको वहाव उच्च

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, आषाढ २७, २०८१

उदयपुर जिल्लाका त्रियुगा र बरुवा खोलामा पानीको वहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ । अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ ।

अविरल वर्षाबाट जिल्लाको जनजीवन चौतर्फि रुपमा प्रभावित भएको छ । स्थानीय बरुवा र त्रियुगा खोलामा आएको बाढीले कतिपय स्थानमा तटबाध बगाउदा गाईघाट पूर्वको वस्तिहरु उच्च जोखिममा परेको छ । त्रियुगा नगरपालिका वडा नं ११ को असारी रोड र बजार क्षेत्रमा स्थानीय वासिन्दाका घर संगै पसलहरु डुवानमा परेका छन भने बजारको मुख्य चोकदेखि असारी लाईन मदन भण्डारी लोकमार्ग दायाँबायाँ रहेको खाद्यान्न पसल ,होटल र लुगा कपडा पसलहरुमा पानि पसेर व्यापार व्यवसायमा ठूलो क्षति गरेको छ ।त्रियुगा र बरुवा नदि लगायत अधिकांस खोला खहरेमा आएको बाढिले दजनौ बस्ती, र हजारौ हेक्टर खेतीयोग्य जमिन कटानको खतरामा रहेकेा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]