०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

चौदण्डीगढी नगरपालिकाका कृषकहरुलाई आत्मनिर्भर बनाउन बाख्राका विउ पाठी

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ २३, २०८१

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका कृषकहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले उन्नतजातका बाख्राका विउ पाठी वितरण गरिएको छ ।

चौदण्डीगढी नगरपालिकाले कृषिको क्षेत्रमा काम गर्ने अन्तराष्टिय साझेदार संस्था हेफर इन्टरनेशनल र स्थानीय सहयोगी संस्था विकास सहजिकरण संजाल डिफानसँगको सहजिकरणमा नगरपालिकाले आफ्नो १० वटा वडाका कृषकलाई बाख्राका विउ पाठी वितरण गरिएको हो ।

कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न उद्स्यकासाथ्  मेयर लामाले नगर भित्रका महिलाहरुलाई उधमिश्लता संग जोडेर लैजन यो परियोजना संचालन गरिएको बताउनु भयो । वहाँले “विपन्न परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले सानो भए पनि सहयोग गरेका छौँ, उहाँहरुलाई चाहिने न्यूनतम सहयोग निरन्तर हुनेछ, बाख्राको पाठी नै सहयोग गर्नुपर्ने कारण यसले अबको केही महिनामा उत्पादन दिन्छ, त्यसलाई बढाउँदै गएमा आगामी एक वर्षदेखि थोरै भए पनि आम्दानी दिन थाल्नेछ, केही वर्षमै उहाँहरुको जीवनस्तर उकासिने अपेक्षा गरेका छौँ, आगामी दिनहरुमा अन्य सहयोग पनि दिँदै जाने योजना छ ।”मेयर लामाले भने ।

चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले नगरले झण्डै करोड रकम स्थानीय कृषक माथी नगरले लगानी गरेको भन्दे उक्त लगानी खेर जान नदिन र उक्त एक करोडलाई दशौं करोडमा रुपान्तरण हुने गरि बाख्रा पालन गर्न आग्रह गर्नु भयो ।चौदण्डीगढी नगरपालिकाका लेखा प्रमुख अम्मर थापाले नगरले बितरण गरेको बोका र पाठी बाट लाभ लिन सके चौदण्डीगढी मात्र हैन उदयपुर जिल्ला र छिमेकि जिल्लालाई समेत मासुमा अत्मनिर्भर गराउन सकिने बताउनु भयो ।

नगरपालिकाले यस अघि बाख्रामा नश्ल सुधार गर्न नगरका कृषकहरुलाई ३५ वटा उन्नत जातको विउ बोका वितरण गरेको थियो अहिले नगरपालिकाले ६६४ वटा उन्नत जातका जमुनापारी बाख्राका विउ पाठी वितरण गरेहो हो । मेयर लामाले कृषकहरुलाई बाख्रा हस्तान्तरण गरेपछि कृषकहरु अत्यन्तै हर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]