
सनिबार २१औ धान दिवस को अबसरमा उदयपुरको विभिन्न ठाउहरूमा हर्स उलास्का साथ् रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘जलबायु मैत्री कृषि धान उत्पादनमा बृद्धि ,भन्ने नारा सहित सनिबार त्रियुगा नगरपालिकाहरुको विभिन्न वडाहरुमा रोपाइँ महोत्सव मनाएको हो ।
रोपाईं महोत्सबमा पर्यटन बन तथा बाताबरण मन्त्रि नारायण बुर्जा मगर र कोशी प्रदेश सभाका उपप्रमुख सिर्जना दनुवारले त्रियुगा नगरपालिका ५ स्थित देउरीमा र उदयपुरगडी गाउँपालिकामा धान रोपेर दिबस मनाएका हुन्
मन्त्रि मगर ले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा मन्त्रि नारायण बुर्जा मगरले नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानको आत्मबल बढाउने गरेको बताउनुभयो । मगरले धान खेतिको उत्पादनमा अझै बृदि गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख सिर्जना दनुवारले धानको उत्पादकत्व बढाउन सकिने प्रशस्त सम्भावना समेत रहेको भन्दै कृषिनै देश बिकासको आधार भएको बताइन ।