
त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को १३ औं अधिबेशनमा उप- मेयर महेश्वरी राईले नगरसभामा सोमबार प्रस्तुत गरेकी हुन् ।
त्रियुगाले चालु आर्थिक बर्ष २०८०/०८१ को तुलनामा आगामी बर्ष को लागि दोब्बर बढाएर बजेट ल्याएको हो ।चालु आर्थिक बर्षमा त्रियुगाको बजेट संशोधन सहित १ अरब ४ करोड ७५ लाख ४४ हजार ८ सय ९२ रुपैया रहेको थियोे ।आगामी आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्च तर्फ ७९ करोड ३५ लाख ९ हजार र पुजीगत तर्फ ६८ करोड ३६ लाख २ हजार बजेट बिनियोजित गरीएको छ। त्रियुगाका मेयर बसन्त बस्नेतले चालु आर्थिक बर्ष २०८०/०८१ को निती तथा कार्यक्रमको प्रगतिको बारे जानकारी गराएका थिए ।