०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

गाईघाटमा साकेला शिली प्रतियोगिता सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, आषाढ ११, २०८१

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११  स्थित साकेला सांस्कृतिक पार्कमा  साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता सनिबार सम्पन्न भएको छ ।  साकेला उभौलीको अवसरमा आयोजित रनिङ सिल्ड प्रतियोगिता किरात राई यायोक्खा इटहरीले चुमेको छ ।

किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला प्रतियोगिता सम्पन्न भएको हो ।किरात राईहरुको प्रमुख पर्व साकेला उभौलीको अवसरमा राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवर्द्धन गरि संस्कृति संरक्षणलाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सर्वधन राईले बताउनु भयो ।

किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राईले संस्कार र सभ्यताको जगेर्ना गर्ने उदेश्यले गाईघाटमा प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले भन्नुभयो किराती सँस्कृति र सभ्यता बचाउन गरेको कोशिष सह्रानीय छ यसलाई बढाउँदै लैजानुपर्छ । उहाँले किराँती संस्कार र सभ्यतालाई फराकिलो मन, उच्च विचार, उच्च सोंच बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी रमेश थापा, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसनधान, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँगै हजारौँको सर्वसाधारणले उपस्थिति रहेको रहेको थियो ।

 

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]