
उदयपुरको गाईघाट स्थित साकेला सांस्कृतिक पार्कमा सुक्रबार सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । उक्त मूर्तिको उद्घाटन किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राई र प्रेम चाम्लीङराईले गरेका हुन् ।
किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको मूर्ति उदयपुर जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो ११ फिट को निर्माण गरिएको हो ।उक्त मुर्ती करिब १८ लाख मा निर्माण गरिएको किरात राइ यायोक्खाका ११, १२, १३ ,वडा का अध्यक्ष सर्बधन राइ ले बताए ।
प्रतिमाको उद्घाटन गर्दै प्रेम चाम्लिङ राईले प्रकृतिमा रहेको सम्पूर्ण जिवजन्तुहरु सबै पारुहाङ सुम्निमको सन्तान रहेको जनाए । सृष्टि उत्पतिका मानव र जिव जन्तुहरु उनिहरुकै सन्तान रहेको र किराती राई समुदायमा पिता, पुर्खाको आत्मा खुसी बनाएर सुःख, शान्ति र संमृद्ध हुने बिस्वास गर्दै सुम्निमा पारुहाङलाई राई समुदायले पितृदेवको रुपमा मान्दै आएको समेत उनले कथा सुनाए ।। सनिबार साकेला नाचको लागि मोरङ र सुनसरीको बिभिन्न स्थानदेखि १२ भन्दा बढी टोली सहभागि भएका छन् ।