
उदयपुरको त्रियुगा नगरपालिका १२ नं वडा स्थित बिसनपुर स्थित डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापन व्यवस्थित हुनुपर्ने आवाज उठाएका छन् । समयमा नै स्थानीय तहले फोहोर व्यवस्थापन नगरेमा फोहर फाल्ने कामलाई अवरोध गर्ने चेतावनी समेत दिएका छन् ।
केहि वर्षाैदेखि अव्यवस्थित ढङ्गबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्मदुर्गन्ध फैलिनेक्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनी दिए संगै फोहोरलाई व्यवस्थित गर्ने त्रियुगा नगरपालिका र स्थानीयहरुबीच भएको छलफलमा फोहोरलाई व्यवस्थित गर्ने र गराउने निर्णय भएको छ । स्थानीयहरुले बिभिन्न १३ बुदामा फोहोर व्यवस्थापनको लागि माग राखेको छ भने उनिहरुले यस ठाउँबाट फोहोर हटाउन पहिलो माग राखेको छ ।
यस मागहरुको सुनुवाई गर्दै नगरपालिकाले आउँदो बैशाख सम्ममा फोहोर अन्यत्र सार्ने जनाएको छ । त्यस समय सम्म स्थानीयहरुले माग गरेका अनुसार फोहोरको व्यवस्थापनका लागि घेराबेरा, प्लास्टीक र कुहिने वस्तुलाई खाल्डो खनेर पुर्ने, दुर्गन्धित हटाउन दवाई छर्किने, त्यस आसपासको वासिन्दाहरुको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा, अनिवार्य रुपमा गर्ने दुई जना नगर प्रहरीको व्यवस्थापन र कुकुर व्यवस्थापन लगायतको मागमा नगरपालिकाले सहमती जनाएको छ । उक्त कामको लागि नगरपालिकाले निर्णय गरी काम अघि सार्ने जनाएको छ । स्थानीयहरुले पनि त्यस ठाउँमा बैशाख सम्म फोहोर फाल्न अबरोध नगर्ने जनाएको छ ।