
उदयपुरमा पोलियो रोगविरुद्धको आई.पि.भि. खोप जेठ १३ गतेदेखि २६ गतेसम्म आठ पालिकामा दुई चरण गरी खोप लगाईने भएको छ ।
त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखी १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।यो भाईरस लागि सकेपछि विश्वको कुनै पनि ठाउँमा उपचार हुने बिधि र उपाय नभएको हुँदा खोप लगाई सुरक्षित रहन बिकल्प नरहेको कार्यलयले जनाए ।
कार्यालयले अनिवार्य रुपमा खोपमा वालवालिकाहरुलई सहभागी गरउन भनेको छ । खोप सुरक्षित रहेकाले कुनै पनि संकाको आधारमा खोपबाट बालवालिकाहरुलाई बन्चित नगर्न नगराउन कार्यालयको अनुरोध छ ।
स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गैर बहादुर विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।