
होली खेलेर नुहाउने क्रममा सुनकोशीमा हराएका मध्ये दुई बालबालिका मृत्य फेला परेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।
उनलाई खोजी गर्ने क्रममा रेखाको शब उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शब खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको वडाअध्यक्ष हिमराज मगरले बताए । आझै पनि गोताखोरको टोलीले बालबालिका बेपत्ता भएको स्थानदेखि तलतिरको क्षेत्रमा पानी मुनी गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले बताउनुभयो ।