०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेसी कल्याण समाजद्धारा होलिका दहन

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, चैत्र १३, २०८०

उदयपुरमा हिन्दु धर्मसंस्कार अनुसार होलिकाको दहन गरिएको छ । मधेशी कल्याण समाज उदयपुरले फागु पुर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै हिन्दुधर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकाको दहन गरेको छ ।

समाजले सदरमुकाम गाईघाटको डिएमगेटमा असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको प्रतिमा बनाई जलाईएको थियो ।

होलिका आगोमा जलेर नष्ट भएको र सोही जलेको खरानी लगाएर रमाइलो गरेको उपलक्ष्यमा होली खेलिने चनल छ । सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको होलिक दहन कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले सामाजिक सद्भाव र एकताको प्रतिक होली पर्व रहेको बताए ।उनले विकृति बिसंगतीको अन्त्य गर्दै होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुरयाउने बताए । होली राष्ट्रिय एकताको प्रतिक भएकाले यसलाई सभ्यपुर्वक मनाउन आग्रह गरे ।

उपमेयर महेश्वरी राईले कसैको स्वतन्त्रतामाथि प्रभाव नपर्नेगरी होली मनाउनु पर्ने धारणा व्यक्त गरिन् । उनले कसैको इच्छा विपरित, जवरजस्त रमाइलो गर्न नहुने भन्दै सद्भावकोरुपमा पर्वलाई लैजानु पर्ने धारणा व्यक्त गरिन् ।कार्यक्रममा स्थानीय कलाकार मिथुन ठाकुर, कृतिका शर्मालगायतले दर्शकको मन लोम्याएका थिए । कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डाक्टर विजय दत्तले अडियोमार्फत शुभकामना सन्देश पठाएका थिए ।

मधेसी कल्याण समाजका संयोजक सुरज साहको अध्यक्षता र ललित नायकले सञ्चालन गर्नुभएको कार्यक्रममा मधेशी कल्याण समाजका संस्थापक संरक्षक खेमनारायण यादव (राहुल), नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य इश्वरमणि राउत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, गैसस महासंघका अध्यक्ष सृजना पौड्ेल, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतले शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]