
आज बिहान सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।स १० प ३९०९ नम्बर को मोटरसाइकल र प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा दुवैजना अनियन्त्रित भइ सडकबाट १० फिट तल खेतमा खसेका थिए ।
बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था मा कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी दिए ।