
नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मालाइ सोमबार उदयपुर गाईघाटको पार्टी कार्यालयमा स्वागत गरिएको छ। उनको स्वागतमा नेपाली काँग्रेस गाईघाटले औपचारिक कार्यक्रम गरेको थियाे।भ्रमणका क्रममा शर्मालाई विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारका प्रमुखहरुको स्वागत संगै मेयर बसन्त बस्नेत ले पनि शर्मालाई गाईघाटमा स्वागत गरेका थिए ।
पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका शर्माले जनताहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै राजनीतिप्रति वितृष्णा जागेर जनतामा निराशा छाएको र कार्यर्ताहरुमा पनि नैरश्यता आएको भन्दै अब नयाँ ढंगबाट कांग्रेसलाई संगठित गरेर अगाडि लैजानका लागी आग्रह गरे ।
भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधीको रुपमा आएकी सुशिला ढकालले कांग्रेसले जे गरेपनि जनताका लागी गरेको र जनताको लागी गर्ने बताईन् । ०८४ मा कांग्रेसलाई नै भोट दिन पुर्छ भन्ने गन्तव्यमा पु¥याउनका लागी सामाजिक, आर्थिक, राजनितिक, औद्योगिक र कृषी क्रान्ति गर्नका निम्ति यो अभियान सञ्चालन गरिएको उनले बताए ।
अन्तक्रिया कार्यक्रममा ने.का उदयपुरका सभापति एवम् पुर्व मन्त्री माननीय हिमाल कार्की , ने.का भोजपुरका सभापति माननीय बिनोद वान्तवा ,कोशी प्रदेश सभा सदस्य माननीय मान ब.लिम्बु लगाएत नेपाली कांग्रेसका नेतागणहरुको उपस्थिति उपस्थितिरहेको थियो ।