
प्रथम उदयपुर एक्स्पो–२०८०’ आइतबार बाट विधिगत रुपमा सुरु भएको छ । जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनारमा उक्त मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन कोशी प्रदेश साम्सद तथा पूर्व मन्त्री हिमाल कार्कीले गरे ।
कार्यक्रममा बोल्दै कार्कीले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताए। उनले व्यापारघाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको र हस्तकला तथा साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
एक्स्पोका संयोजक प्रदिप देउजाले एक्स्पोमा नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएकोे उनले बताए ।एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।
महोत्सवमा स्थानीय खानेकुराहरुका परिकार, मनोरञ्जनका विभिन्न किसिमका दर्जनौं स्टलहरु रोटेपिङ्ग राखिनुका साथै प्रतेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ ।