
उदयपुर को त्रियुगा नगरपालिका ३ भुल्केमा समाज काठमाण्डौ र मार्क ईन्टरलेशनल किडनी सेन्टर लाजिम्पाटको सहकार्यमा दुईदिने मृगाैला परिक्षण शिविर सम्पन्न भएको छ । उक्त सिविरमा ३०० जनाले मृगाैला परिक्षण गराएका थिए ।
त्रियुगा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा भएको दुईदिने शिविरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. वाहिनिपति मनाेज वैदवारकाे विशेष आतिथ्यामा उद्घाटन भएकाे शिविरमा समाजकी केन्द्रिय सदस्य समृद्धि राणाकाे संयाेजन तथा ब्यवस्थापन रहेकाे थियाे ।
मार्क इन्टरनेश्नल किड्नी सेन्टरबाट आएका बिशेषज्ञ डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले शिविर संचालन गरेको थियो । शिविर भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा सञ्चालन भएकाे थियो ।