०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

त्रियुगा नगरपालिका वडा नम्बर  ६  का ३ शय ७८ जना जेष्ठ नागरिकलाई सम्मान

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, माघ १३, २०८०

त्रियुगा नगरपालिका वडा नम्बर  ६  का ३ शय ७८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडाको १९ वटा टोल बिकास सस्थाहरुबाट ७० बर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई सुक्रबार दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

वडा अध्यक्ष योगेन्द्र दाहालले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उहाँहरुमा भएका ज्ञान आदानप्रदान गर्न र  बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुनेगरेको यथार्थ राख्दै वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने विश्वास व्यक्त गर्नुभयो ।छोरा बुहारीबाट वृद्ध बाबाआमा अपहेलित हुँदैआएकाले वृद्धवृद्धाहरुको सम्मानका लागि यस्ता कार्यक्रमहरुलाई प्रथामिकता दिइएको बताउनुभयो । उहाँले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई आगामी दिनहरुमा यस किसिमका कार्यक्रमहरु आर्थिक बर्षका बजेट बाट केहिरकम छुट्याएर निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]