
उदयपुर,साउन २९ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवको अवसरमा सञ्चालन गरेको रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालको प्रमुख अतिथ्यमा आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको रक्त्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उदयपुर र जिल्ला अस्पताल उदयपुरको समन्वय एवं प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए । थापाका अनुसार उक्त कार्यक्रममा नेपाली सेनाबाट ६ जना,नेपाल प्रहरीबाट २३ जना र सशस्त्र प्रहरी बलबाट ४ जनाले रक्तदान गरेका छन् । साथै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवं सर्वसाधारणहरु १३ जना गरी जम्मा ४६ जनाले रक्तदान गरेको थापाले बताए ।