०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पाँचतले घरबाट हाम फालेर व्यापारीले गरे आत्महत्या

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, माघ ११, २०८०

आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

आज बिहान करिब ११ः२० बजेको समयमा आफ्नो घरको पाँचौँ तलाबाट हाम फालेका अग्रवाल गम्भीर घाइते भएका थिए। धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। छतबाट हाम फालेका उनलाई उपचारका लागि तत्कालै नवजीवन अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका अनुसार अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। शृंगारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन्। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]

त्रयुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका २ सय बढी बिरामीको चेक जाँच गरेका थिए । शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई […]