
जाडो मौसम सुरु भएसँगै उदयपुर गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११ को सामाजिक सुरक्षा भत्तालिने ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई न्यानो कपडा वितरण तथा सम्मान गरेको छ ।
सुक्रबार वडा नं ११ का सामाजिक सुरक्षा भत्तालिने ४ सय २० जेष्ठ नागरिक, १ सय ६५ एकल महिला र ५१ अपाङ्ग गरि ६ सय ३६ जनालाई न्यानो कपडा वितरण वितरण गरेका थिए । त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेत र वडा अध्यक्ष सुमन्त कोईरालाले सम्मान तथा न्यानो कपडा लगाईदिंदा सबै जना दंग परे । वडाले न्यानो कपडा लगाईदिएकोमा खुशी हुँदै वडाअध्यक्ष कोईराला लाई धन्यवाद समेत दिए ।
त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले वृद्धवृद्धालाई न्यानो कपाडाले सम्मान गर्दै जेष्ठ नागरिक अनुभवका सम्पत्ति, ज्ञान सिप देशको सम्पत्ति र गहना भएकाले सधै सम्मान गर्न पर्ने उल्लेख गरे । यस्तै उपप्रमुख महेश्वरी राईले वृद्धबृद्धा हाम्रो समाजको ऐना भएकोले उहाँहरुलाई सदैव सम्मान गर्न पर्ने धाराणा ब्यक्त गरिन ।