०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

संगम पुस्तकालयको वार्षिका साधारण सभा सु–सम्पन्न अध्यक्षमा भरत खड्का चयन

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, पुष २६, २०८०

उदयपुरको गाईघाटमा रहेको एक मात्र पुरानो सामुदायिक संगम  पुस्तकालयको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच पुस्तकालयको २० औँ साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको हो ।अधिवेशनबाट तेस्रो पटक भरत खड्का अध्यक्षमा चयन भएको छ  । आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर उप-प्रमुख महेश्वरी राई रहेका थिए ।नयाँ चयन भएको समितिलाई निर्वाचन मण्डलका संयोजक तथा संगम पुस्तकालयका संस्थापक मोहनबहादुर कार्कीले सपथग्रहण गराएका थिए ।सामुदायिक संगम पुस्तकालयलाई प्रदेश न.१  कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बोल्ने बक्ताहरूले बताए ।

त्यस्तै समितिको उपाध्यक्ष गीताकुमारी कार्की, महासचिव विनोद खतिवडा, सचिव राजेन्द्रप्रसाद साह, कोषाध्यक्ष रेवतीरमण गेलाल चयन भएका छन् । कार्यसमितिका भर्खरै चयन भएका कार्की, खतिवडा, साह, गेलाल सबै तेस्रो पटक कार्यकालका लागि दोहोरिएका हुन् । सदस्यहरु पवित्राकुमारी राई, मुनु खड्का, टंकप्रसाद गुरागाई, मदनराज कटुवाल, भीमबहादुर खड्का, रेखा चौधरी चयन भएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]