०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

उदयपुरको उदयपुरगढी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, पुष २५, २०८०

उदयपुरको उदयपुरगढी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार बाट सुरु भएको प्रतियोगिता पुस  २६  गते  सुक्रबार सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वटा  विद्यालयको सहभागिता रहने छ ।

खेल उदयपुरगढी गाउँपालिकाको नमुना माध्यामिक विद्यालय भलायडाँडा हुनेछ ।  उक्त प्रतियोगिता को उद्घाटन  जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विक र पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गरेका थिए ।प्रतियोगितामा भलिबल,  दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, विधा समावेश गरिएको छ ।

प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष  मानबहादुर केप्छाकी बताउनुभयो ।उहाँले गाउँपालिकाले विद्यालयस्तरको शिक्षा र खेलकुदसँगै अगाडि बढाउन सबै एकजुट हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष जितबहादुर खड्का, जिल्ला समन्वय अधिकारी नवराज खड्का, पालिका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, विभिन्न पार्टीका नेताहरु, गाउँपालिका प्रवक्ता सहेक विक, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतको उपस्थित थियो । कार्यक्रमको उद्घाटनमा सहभागि खेलाडी विद्यार्थीहरुले मार्चपार्च र सलामी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]