०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

शारिरिक रुपमा अपाङ्गता भएका ४४ जनालाई व्हीलचेयर वितरण

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, पुष २०, २०८०

त्रियुगा नगरपालिकाको संयोजन तथा बाल अपाङ्ग टेवा संस्थाको सहयोगमा नगरपालिकामा बसोबास गर्ने शारिरिक रुपमा अपाङ्गता भएका युवा वृद्ध तथा बालबालिकालाई निः शूल्क  व्हीलचेयर (WheelChair) प्रदान गरिएको छ । बिहिवार  नगरपालिकाले  एक  कार्यक्रम आयोजना गरी नगर प्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राई द्वारा संयुक्त रुपमा  नगरपालिकामा बसोबास गर्ने विभिन्न वडाका ४४ जनालाइ  व्हीलचेयर  प्रदान गरिएको हो  । 

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बसन्त बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीसंग जोडिएको उनीहरुको अति आबश्यक साधन ह्वीलचियर हो। यो ह्वीलचियर बिना अपाङ्गता भएका व्यक्तिहरु हल्लिन र हिड्डुल गर्न सक्दैनन्। जो व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु गाउँठाउं र समाजमा घुलमिल हुनुको साथै आफ्नो क्षमता अनुसारको दैनिकी र जीविका गुजारा गर्न समेत सहयोग पुग्ने  बालबालिकाको निरन्तर सेवा तथा बाल अधिकार स्थापनाका लागि काम गर्दै आएको बाल अपाङ्ग टेवा संस्थाले गरेको कार्यप्रति धन्यवाद व्यक्त गरे ।

त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले बाल अपाङ्ग टेवा संस्थाले गरेको यो कार्यक्रम सराहनिय रहेको भन्दै नगरपालिकाले पनि नगरको लक्ष्ति वर्गको कार्यक्रममा यस्ता कार्यक्रम संचालन गरिरहेको बताइन  । उनले आगामी दिनमा पनि लक्षित वर्गका कार्यक्रम संचालन गर्नका लागि विभिन्न संघ संस्थाहरुसँगको समन्वयलाई जोड दिइने पनि बताए ।

वर्षाै सम्म अपाङ्गता भएर पनि दुःखदायी जीवन विताइरहेका नागरिकहरु भने ह्विल चियर पाएपछि खुसी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]