
त्रियुगा नगरपालिका वडा न.१ को बरगाछी चोकमा आइतबार बाट कृषि हाटबजार सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिका वडा नं. १ ले स्थानीय उत्पादन र कृषकहरूलाई प्रोत्साहन गर्दै आइतबार देखि हाट सञ्चालनमा ल्याइएको हो । वडा न.१ का वडा अध्यक्ष मनोज कुमार चौधरीले हाट बजारको उद्घाटन गरका हुन् ।हाट बजारमा वडा वडा न.१ का आसपासका किसानहरूले उत्पादन गरेका तरकारीजन्य फलफुल र कृषि खाद्यान्न लगायतका सामग्रीहरु आइतवार हाटबजारमा ल्याएर विक्रि वितरण गरेका थिए ।
बजारको उद्घाटन पछि बोल्दै चौधरी ले यस बजारले किसानहरुको उपजको बजारिकरण र किसानहरुको आय वृद्धिमा नयाँ आयाम ल्याउँछ भन्नेमा आफु विश्वस्त रहेको बताए ।यो हाटबजारले कृषकहरूलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्मनिर्भर हुन सक्छौँ’ चौधरी ले भने ।उक्त कार्यक्रममा स्थानिय बुद्धिजिबी टोल बिकास सस्थांका अध्यक्ष पत्रकार तथा १ न.वडा का कृषकहरुको समेत उपस्थिती रहेको थियो ।