
२६ भदौ २०८० -त्रियुगा नगरपालिका वडा नं १ जोगीदहले वडाबासीको सुविधाका लागि मालपोत कर वडा बाटै सुरु गरिएको छ । नगरपालिकाबाट लिइदै आएको मालपोत कर वडा बाटै लिने निणर्य गरे पछि वडा बासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै मालपोत कर वडा बाटै लिन शुरु गरेको हो । वडा बाट पहिलो दिन सरस्वती खड्का, सुकदेव चौधरी,गरि ४ जनाको मालपोत कर काटेर सुरु गरिएको वडा अध्यक्ष मनोज चौधरीले जानकारी दिए । जनतालाई आवश्यक पर्ने अन्य सेवा सुबिधा पनि वडामा थप गर्दै लैजाने चौधरी ले बताए।