
बुधबार अपरान्ह साँढे ४ बजेतिर मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा आरती तामाङ घाइते भएकी छन् । ग १३ प ४४४४ नम्बरको मोटरसाइकलले बालिकालाई ४ बजेतिर टठक्कर दिएको हो ।
घाइते बालिकालाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको प्रहरीले जनाएको छ । मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ केतुके निवासी मानसिंह तामाङकी छोरि रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । मोटरसाइकल चालक घाइते घिमिरेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।