
पब्लिक समाचार , साउन ३० ।सोमबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गर्दा लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईन्द्र बहादुर तामाङ, संजिव राई, सुजित डंगोल, खेमचन्द्र राई, बिचन्द्र राई रहेका छन् ।
ईन्द्र बहादुर तामाङ उदयपुरगढी गाउँपालिका–८ का हुन् भने संजिव राई बेलवारी नगरपालिका–४ का हुन् तेसैगरी नुवाकोटका सुजित डंगोल, खेमचन्द्र राई, रबिचन्द्र राई धरान–१५ का रहेका छन् ।पाचै जानालाई विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले २८० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटर यसैगरी प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाईकल ,को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।