
पब्लिक समाचार –साउन ३० ।कोशी प्रदेशको अस्थाई राजधानी बिराटनगरमा सोमबार दिउँसो दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ ।
बिराटनगर महानगरपालिका–१० सन्सारीमाइस्थान नजिकै तरबार प्रहारहुँदाबिराटनगर महानगरपालिका–८ का २२ बर्षीय मोहमद हलिम घाईते भएको प्रहरीले जनाएको छ ।
तरबार प्रहारबाट हलिमको दुबै हातमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार घाईते भएका हलिमलाई उपचारको लागी न्युरो अस्पतालबाट थप उपचारको लागी नोबेल शिक्षण अस्पताल लगिएको छ ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार प्रहार गरेको प्रहरी निरिक्षक नायकले बताए । तरबार प्रहार गर्नेहरु फरार रहेको कारण खोजी तिव्र पारिएको र घटनामा प्रयोग गरिएको तरबार बरामद गरेको प्रहरीले जनाएको छ ।