
उदयपुर-उदयपुरगढी गाउँपालिका ६ मौवासेमा खसेको पहिरोका कारण मदन भण्डारी राजमार्ग हाईवे अझै खुल्न सकेको छैन । पहिरो खसेर शनिवार बाट अबरुद्ध उक्त राजमार्ग खुल्न अझै समय लाग्ने जनाईएको छ । खसेको पहिरो हटाउन सिमित स्रोत साधनका कारण सडक खुल्न ढिलाई भएको स्थानीयहरुको भनाई छ । पहिरोले बाटो अवरुद्ध बनाएपछि उदयपुरगढी गाउँपालिका सहित सम्बन्धित निकायहरु सडक खोल्न लागि परिरहेको छ । सडक खोल्न आईतबार दिनैभरी परेको पानीका कारण पनि ढिलाई भएको गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्लकाले जनाए ।