
जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडि सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउँपालिका-१ का ३२ बर्षीय राम कुमार राई र गाडीमा सवार २२ बर्षीय बुद्ध लिम्बु समेतलाई नियन्त्रणमा लिईएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।