०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

झापामा माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, साउन १२, २०८१

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा शुक्रबार दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए। उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो।थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]

त्रयुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका २ सय बढी बिरामीको चेक जाँच गरेका थिए । शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई […]