०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन ०७, २०८१

पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइएको बताउँदै शंकास्पद एक युवकलाई पक्राउ गरिएको बताए ।धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेक‍ा ८० वर्षीय रायको गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।

मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल घटनाको अनुसन्धान जारी रहेको बताए । उनले रायको घरमा छिरेका तीनजना नै हत्यामा संलग्न भएको आशंकमा अनुसन्धान अघि बढेको छ ।घरेलु हतियार प्रयोग गरेर रायको हत्या गरिएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि मलंगवा पठाइएको छ । राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]

त्रयुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका २ सय बढी बिरामीको चेक जाँच गरेका थिए । शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई […]