
नेपालका प्रथम जगत गुरु अनन्त श्री बिभुषित बालसन्त मोहनशरण देवार्चाय गाईघाटको सिद्धेश्वर माहादेब मन्दिरको दर्शन गर्न आउनु भएको छ । सो क्रममा जगत गुरु देवार्चायले मन्दिरमा भक्तजनहरुलाई साउन महिनालाई किन पवित्र महिनाका रूपमा लिने जस्ता पौराणिक ग्रन्थहरू सुनाउदै रुद्रक्ष् को वृक्षरोपण गर्नु भएको थियो ।
पहिलो पटक सिद्धेश्वर माहादेब मन्दिरमा जगत गुरु आउनुहुने भएपछि स्वागतको भव्यतयारी गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शम्भु कार्की ले बताउनु भयो ।उक्त मन्दिर गाईघाटबाट करिब ४ किलो मिटर पूर्बि तर्फ बिपी राजमार्ग हुँदै जान सकिन्छ । बिपी राजमार्गअन्तर्गतको बाटो दनुवारी चौक सम्म पक्की सडक छ भने त्यसभन्दा माथि असारी खोरिया टोल सम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै मन्दिरको दर्शन गर्न सकिन्छ । विशेषगरी सिद्धेश्वर माहादेब मन्दिरमा साउन महिना र शिब रात्रि ,रामनबमीको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ ।