
चितवनको सिमलतालमा पहिरोसँगै खसेका बसयात्रुहरूको खोजीमा भारतबाट आएको गोताखोरसहितको प्राविधिक समूह पनि आजदेखि खटेको छ । नेपाल सरकारका तर्फबाट परिचालित उद्धारकर्ताको समूहसँग मिलेर भारतीय सहायता समूह बेपत्ताहरूको खोजीमा जुटेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यसअघि हिजो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सुरक्षा समिति चितवन र भारतबाट आएको नेसनल डिसास्टर रेस्पोन्स फोर्सको टोलीबीचको संयुक्त बैठकले खोजीकार्य र विधिबारे छलफल गरेको थियो । भारतबाट कुनाल तिवारीको नेतृत्वमा १२ जनाको टोली विशेष प्रविधिसहित हिजो शनिबार नै नेपाल आइपुगेको थियो ।