
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादव आजा उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् । उनी आज अपराह्न साढे ४ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् ।