०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

उदयपुरमा पहिरोले घर पुरीदा एक बालकको मृत्यु

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ २६, २०८१

सोमबार राति देखि परेको मुसलधारे बर्षाको कारण त्रियुगा नगरपालिका १५ खाबुस्थित तोरीबारीमा बिहान ७ बजे गएको पहिरोले घर पुरीदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्ष ९ कि पूर्णकला मगर रहेकी छिन घर पुरीदा मृतककि आमा हिरा मगर  गम्भीररूपमा घाइते भएकोले अहिले उपचारको लागि जिल्ला अस्पताल उदयपुर तर्फ ल्याउदै गरेको वडाअध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

मुसलधारे बर्षा पछी उक्त गाउँमा अहिले चारैतिर पहिरो गइरहेको उनले बताए ।बिहान पहिरो जान थाले पछी आसपासको गाउ बाट स्थानिय बासिन्दाहरु उद्वारको लागि घटना स्थलमा पुगेका थिए ।तोरीबारीमा अहिले पनि चारैतिर बाट पहिरो गइरहेकोले थप क्षेति नहोस् भन्न्को लागि बस्ती अन्यत्र सार्ने तयारी भैरहेको वडाअध्यक्ष तिमिल्सिनाले बताए ।१२ घर परिवारलाई सुरक्षित स्थानमा सार्नको लागि अहिले ठाउ खोजी भैरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]