
नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय उदयपुरले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।त्रियुगा नगरपालिका वडा नम्बर ६ स्थित सभाहलमा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे को प्रमुख आतिथ्यतामा वडा नम्बर ५,६ का नागरिक अगुवाहरुको उपस्थितिसंगै प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यलय जलजलेका प्रमुख घनश्याम पोखरेलले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको, सामाजिक अपराध न्यूनीकरण, , सचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम , लगायत सबै क्षेत्रमा हुने लागू औषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायत सन्दर्भमा सहभागिहरुले बिषय उठाएका थिए ।