
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै छन् ।
भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन् ।एक साता अघि स्विट्जरल्याण्ड लगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानविनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन् ।