०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मुस्लिम समुदायको क्षमता विकास तथा अभिमुखिकरण कार्यक्रम गाईघाटमा सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आषाढ १५, २०८१

मुस्लिम आयोग जावलाखेल, ललितपुरको आयोजनामा उदयपुरको गाइघाटमा  मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक शसक्तिकरण तथा क्षमता विकास कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।कार्यक्रम मुस्लिम आयोगका माननिय महमदिन अलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम देशैभर गर्ने बताएका छन । मुस्लिम समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा समग्र विकास समुन्नतिको लागि मुस्लिम धर्मको धार्मिक स्थल मस्जिद र मदरसाको अवस्था आवस्यक भौतिक संरचना तथा मानवीय संसाधन व्यवस्थामा संघ, प्रदेश र स्थानीय तहले चालेका कदमहरु र अझै आवस्यक नीति, बजेटको सम्बन्धमा हामी निरन्तर माग गर्ने अध्यक्ष अलीले बताए  ।

मुस्लिम समुदायमा हुने बालविवाह र छोरी हरुलाई उच्च शिक्षा अध्ययनमा पारिवारिक बाधा पर्ने गएको हुँदा छोरीहरूलाई पनि उच्च शिक्षा अध्ययनमा सहयोग गर्दैजाने  मुस्लिम महिला शसक्तिरणको लागि सिलाई कटाई, कम्प्युटर तालिम लोकसेवा आयोग तयारी कक्षा पनि सञ्चालन गरेको कुरा राष्ट्रिय अभियान केन्द्रिय संयोजक तथा मुलधार महिला सेवा केन्द्रका अध्यक्ष नजवुल खानले बताईन ।मुस्लिम समुदायले कक्षा ५ सम्म मदरसामा पढाउने त्यसपछि छोरीलाई विद्यालय नपठाउने परिपाटी रही आएको हुँदा यो विषयमा तपाईं हामी अभिभावक एकदमै सजग हुनु पर्ने खानले बताईन ।

कार्यक्रममा  विषेश अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, मुस्लिम संघका उपसभापती सदरुल मिया, आयोगका सदस्य महोमद समसुलहक, न्यायिक समितिको सदस्य मिरा विश्वकर्मा, द्धन्द पिडित समाजकी सचिव मुस्लिम बालिका, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धन कुमारी राई, वडा नं ४ की सदस्य तिलमाया परियार सुन्नि खातुन लगायतको उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]