०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जिप्रका गाईघाटमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भिड

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १२, २०८१

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रसाशन कार्यालय गाईघाटमा परिचयपत्र लिन सेवाग्राहीको भिड बढेको छ ।

मन्त्रिपरिषद्को गत जेठ २४ को निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी १ साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उदयपुर गाईघाटको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको हो  ।

गाउँ गाउँबाट सेवाग्राही आउने गरेकाले एकै पटक सेवाग्राहीको चाप हुँदा बिदाको दिनमा पनि  सेवा सेवाग्राहीहरुलाइ  बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा  दिई रहेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका साहायक प्रमुख जिल्ला अधरिकारी लक्ष्मी प्रसाद रेग्मीले सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरुलाई राष्ट्रिय परिचय पत्रमा हुने योजना अनुरुप राष्ट्रिय परिचय पत्र बाड्ने भएपछी नागरिकहरुको भिड बढ्न थालेको बताउनु भयो । पहिले २ ओटा स्टेशन बाट काम हुदै आएकोमा अहेले भिड बढेपछि ४ ओटा स्टेशन बाट काम भैरहेको समेत रेग्मीले बताउनु भयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई  राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयमै जानुपर्ने बाध्यता र घण्टौँसम्म लाईनमा बस्न बाध्य भएकाले  घरघरमै  राष्ट्रिय परिचय पत्र दिने व्यवस्थाका लागि पुन वडा वडामा विवरण सङ्कलन टोली खटाउन समेत सेवाग्राहीले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]