०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जिल्ला ट्राफिक उदयपुरको आयोजनामा सवारी चालकको स्वास्थ्य परिक्षण

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १२, २०८१

जिल्ला ट्राफिक कार्यालय उदयपुरले सोमबार दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो ।

उक्त स्वास्थ्य परिक्षण कार्यक्रम दिनैभर संचालन गरिएको ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो । पछिल्लो समय वढ्दो सवारी दुर्घटनालाई बिश्लेषण गरी हेर्दा सवारी दुर्घटनामा सार्बजनिक सवारी साधनहरुको संलग्नता धेरै देखिएको परिपेक्षमा सार्बजनिक सवारी साधनहरुबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ यस किसिमको कार्यक्रम गरिएको जिल्ला ट्राफिक  कर्यालयका ट्राफिक इन्चार्ज  पोखरेलले बताउनु भयो ।

पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गरेका छन् । चेक गरिएका मध्ये दुई जना चालकहरुमा आँखाको समस्या र ११ जनामा भने प्रेसरको समस्या देखिएको छ । ७० जना मध्य १३ जना चालकहरुमा स्वास्थय समस्या देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]