
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन्। कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताए।
“उच्च पदस्थहरुबाटै पनि धेरै ठूला भ्रष्टाचार भएका छन्। ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन्।” उनले भने, “दोषी कोही छुट्नु हुँदैन। निर्दोष फस्नु हुँदैन