
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ स्थित साकेला सांस्कृतिक पार्कमा साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता सनिबार सम्पन्न भएको छ । साकेला उभौलीको अवसरमा आयोजित रनिङ सिल्ड प्रतियोगिता किरात राई यायोक्खा इटहरीले चुमेको छ ।
किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला प्रतियोगिता सम्पन्न भएको हो ।किरात राईहरुको प्रमुख पर्व साकेला उभौलीको अवसरमा राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवर्द्धन गरि संस्कृति संरक्षणलाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सर्वधन राईले बताउनु भयो ।
किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राईले संस्कार र सभ्यताको जगेर्ना गर्ने उदेश्यले गाईघाटमा प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले भन्नुभयो किराती सँस्कृति र सभ्यता बचाउन गरेको कोशिष सह्रानीय छ यसलाई बढाउँदै लैजानुपर्छ । उहाँले किराँती संस्कार र सभ्यतालाई फराकिलो मन, उच्च विचार, उच्च सोंच बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी रमेश थापा, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसनधान, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँगै हजारौँको सर्वसाधारणले उपस्थिति रहेको रहेको थियो ।