०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

फोहोर व्यवस्थापन गर्न स्थानीयवासीको माग

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आषाढ ०८, २०८१

उदयपुरको त्रियुगा नगरपालिका १२ नं वडा स्थित बिसनपुर स्थित डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापन व्यवस्थित हुनुपर्ने आवाज उठाएका छन् । समयमा नै स्थानीय तहले फोहोर व्यवस्थापन नगरेमा फोहर फाल्ने कामलाई अवरोध गर्ने चेतावनी समेत दिएका छन् ।

केहि वर्षाैदेखि अव्यवस्थित ढङ्गबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्मदुर्गन्ध फैलिनेक्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनी दिए संगै फोहोरलाई व्यवस्थित गर्ने  त्रियुगा नगरपालिका र स्थानीयहरुबीच भएको छलफलमा फोहोरलाई व्यवस्थित गर्ने र गराउने निर्णय भएको छ । स्थानीयहरुले बिभिन्न १३ बुदामा फोहोर व्यवस्थापनको लागि माग राखेको छ भने उनिहरुले यस ठाउँबाट फोहोर हटाउन पहिलो माग राखेको छ ।

यस मागहरुको सुनुवाई गर्दै नगरपालिकाले आउँदो बैशाख सम्ममा फोहोर अन्यत्र सार्ने जनाएको छ । त्यस समय सम्म स्थानीयहरुले माग गरेका अनुसार फोहोरको व्यवस्थापनका लागि घेराबेरा, प्लास्टीक र कुहिने वस्तुलाई खाल्डो खनेर पुर्ने, दुर्गन्धित हटाउन दवाई छर्किने, त्यस आसपासको वासिन्दाहरुको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा, अनिवार्य रुपमा गर्ने दुई जना नगर प्रहरीको व्यवस्थापन र कुकुर व्यवस्थापन लगायतको मागमा नगरपालिकाले सहमती जनाएको छ । उक्त कामको लागि नगरपालिकाले निर्णय गरी काम अघि सार्ने जनाएको छ । स्थानीयहरुले पनि त्यस ठाउँमा बैशाख सम्म फोहोर फाल्न अबरोध नगर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]