०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

उदयपुरमा ढक–तराजु दर्ता तथा नविकरण सुरु

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आषाढ ०८, २०८१

त्रियुगा उद्योग बाणिज्य संघले त्रियुगा नगरपालिका क्षेत्रमा ढक–तराजु नवीकरण तथा दर्ता कार्य थालेको छ। गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको टोली खटाई उक्त काम सुरु गरिएको हो।

ढक तराजु नापतौल र दर्ताले उपभोक्ताहरुलाई ठगी बाट बचाउन सकिने हुँदा यसलाई नियमित रुपमा मापदण्ड अनुसार नाँपजाँच र दर्ता नविकरण गर्नु पर्ने संघले जनाएको छ। सरकारी मापदण्ड अनुरुप सुनचाँदी पसलको ढक तराजु १/१ बर्षमा र अन्य ढक तराजु भने २/२ बर्षमा गर्नु पर्ने नियम छ । सोही अनुरुप ब्यपारीहरुले काम नगरेको पाईने हुँदा उपोक्ताहरुलाई ठगिनबाट जोगाउन दर्ता तथा नविकरणको आवश्यक हुन्छ । त्रियुगामा साना तथा ठुला सबैखाले ब्यपारीहरुलाई नापतौल कार्यालयले दर्ता तथा नविकरण गरी प्रमाण पत्र उपलब्ध गराएको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीको भनाई छ ।

नवीकरण तथा दर्ता कार्यगर्न सेवाग्राहीहरू नगरबाहिरबाट समेत आएको जनाइएको छ। ढक–तराजु खरिद गर्दाको रसिद नभएकाले तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेका कारण धेरै व्यवसायी सेवाबाट वञ्चित हुनुपरेको देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]