०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

लिम्चुङबुङ गाउँपालिकाको प्रशासनिक भवन पर्यटन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर द्वारा उद्घाटन

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आषाढ ०८, २०८१

लिम्चुङबुङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार पर्यटन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदघाटन गर्नुभएको छ । मन्त्री मगरले स्थानीय तहको संरचना कायम भएको 6 वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो ।

मन्त्री मगरले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगादन रहने भएकाले नवनिर्मित प्रशासनिक भवनबाट कर्मचारीसँगै सेवाग्राहीलाई पनि लाभ मिल्ने बताउनुभयो ।लिम्चुङबुङ गाउँपालिकामा  पहिले पनि सेवा प्रभावकारी नै रहेको जनाउँदै अव थप सहज र प्रभावकारी सेवा पालिकाले दिने मगरले जनाए ।

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उपाध्यक्ष पुष्पलाल राई, गाउँपालिकाका वडाध्यक्षहरु राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङका अनुसार २०७८ सालबाट निर्माण सुरु गरिएको प्रशासकीय भवन निर्माणको जिम्मा एएम पिउन्स जेभि ललितपुरले ४ करोड ६१ लाख ८० हजार एक सय ६६ रुपैया २७ पैसामा निर्माणको जिम्मा लिएको उहाँले बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]