०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

उदयपुरमा पोलियो रोगविरुद्धको आई.पि.भि. खोप जेठ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिने

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, जेठ ०९, २०८१

उदयपुरमा पोलियो रोगविरुद्धको आई.पि.भि. खोप जेठ १३ गतेदेखि २६ गतेसम्म आठ पालिकामा दुई चरण गरी खोप लगाईने भएको छ ।

त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका,  बेलका नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखी १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।यो भाईरस लागि सकेपछि विश्वको कुनै पनि ठाउँमा उपचार हुने बिधि र उपाय नभएको हुँदा खोप लगाई सुरक्षित रहन बिकल्प नरहेको कार्यलयले जनाए ।

कार्यालयले अनिवार्य रुपमा खोपमा वालवालिकाहरुलई सहभागी गरउन भनेको छ । खोप सुरक्षित रहेकाले कुनै पनि संकाको आधारमा खोपबाट बालवालिकाहरुलाई बन्चित नगर्न नगराउन कार्यालयको अनुरोध छ ।

स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाको अध्यक्षमा भएको कार्यक्रममा  जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गैर बहादुर विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]